वडा सदस्यका उम्मेदवारको मृत्यु भएपछि श्रीमतीले दिइन् उम्मेदवारी

सिरहा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपािलका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो ।

उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । उनको मृत्यु भएपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छन्।

सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले बताए ।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रकृया पठाईदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दियौँ।’

प्रतिक्रिया