हावाहुरीले उडायो स्कुलको छानो

बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो ।

अहिले बिद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए ।

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।

प्रतिक्रिया