भरतपुरको मञ्चमा प्रचण्ड र देउवाबीच चलेको त्यो हाँसो…

भरतपुर । अघिल्लो दिननै अर्थात बुधबार चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सभास्थलमा ढिला मात्र पुगे । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवा भए पनि मञ्चको बसाईले त्यसलाई जज गरिरहेको थिएन ।

मञ्चको माझमा थिए एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । प्रधानमन्त्री देउवा सभास्थलको मञ्चमा पुग्दा प्रचण्ड निकै खुशी साथ मुस्कुराएका थिए । जवाफमा प्रधानमन्त्री देउवा पनि मुस्कुराए ।

तर, त्यो मुस्कराहट भने नक्कली हो कि भन्ने भान सहभागीहरुलाई परेको थियो । यसैबीचमा दाँया तर्फको कोटको कलर मुर्सादै प्रचण्ड मञ्चमा रहेका देउवातर्फ ढल्किएर केही भनी रहेका थिए ।

जवाफमा देउवाले मुन्टो मात्र हल्लाएको देखिन्थ्यो । तर त्यो हाँसो र संवाद के थियो भन्नेमा भने कसैले पनि भेउ पाउन सकेनन् ।

प्रतिक्रिया