सेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३७.०६ अंकले र सेन्सिटिभ सूचक ४.३४ अंकले घटेको हो ।

आज २ सय ३२ कम्पनीको ४६ लाख कित्ता सेयर बिक्री भएका छन् । दिनभरिमा ३४ हजार २ सय ६० पटकको खरिदबिक्रीपछि १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको हो ।

योसँगै नेप्से २२३८.६२ विन्दुमा कायम भएको छ। आज सबै उपसूचकहरु राताम्य छन् । जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरे पनि अन्य कम्पनीका लगानीकर्ताले कमाउन सकेनन् ।

बिहीबार लगानीकर्ताले ७.१३ प्रतिशतसम्म गुमाएका छन् । आज कम्पनीहरुको ८ करोड ४५ लाख रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।

प्रतिक्रिया