धोबिनी ४ मा माओवादीकाे घरदैलो कार्यक्रम

पर्सा । धोबिनी गाउँपालिका ४ लंगडीमा नेकपा माओवादी केन्द्रको घरदैलो कार्यक्रम सुरू भएकाे छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै माओवादीले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो । नेकपा माओवादीबाट धोबिनी गाउँपालिका वडा न.४ लंगडिको वडा अध्यक्ष पदका उम्मेदवार लालबाबु बानियालाई जिताउन घरदैलो थालिएको एक नेताले बताए ।

धोबिनी गाउँपालिका ४ लंगडीमा नेकपा माओवादीका उम्मेदवार लालबाबु बानियाले वडाका विकास गर्नका लागि उम्मेदवारी दिएको बताए । उनले भने, ‘जनताले चाहेमा मैले नै जित हासिल गर्ने र धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्ने मेरो प्राथमिता हो ।’

प्रतिक्रिया