बुटवल । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएको छ । बुद्धभूमि गनरपालिका वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदबार ओमप्रकाश तिवारीको मृत्यु भएको हो । तिवारीको शुक्रबार राति मृत्यु भएको हो ।
उनी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । ४१ वर्षीय तिवारीको हृदयघातबाट मृत्यु भएको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले पनि शुक्रबार राति तिवारीको मृत्यु भएको समाचारको पुष्टि गरेको छ ।
तिवारीको मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै शनिबारको निर्वाचन कार्यक्रम पनि स्थगित गरेको छ । तिवारीको मृत्यु भएपछि स्थानीय तह निर्वाचन ऐनअन्तर्गत शनिबारको निर्वाचन कार्यक्रम स्थगित भए पनि निर्वाचन भने बैशाख ३० गते नै हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया