धनगढीका स्वतन्त्र उम्मेदवार हमालकाे चुनाव चिह्न ‘आँप’

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए। त्यतिबेला वडले १४३२४ मत पाएका थिए । हमालले ११५२७ मत पाएका थिए ।

प्रतिक्रिया