सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सांकेतिक तस्विर

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ । (सुरेस परियार/न्युज कारखाना
)

प्रतिक्रिया