अपडेट: ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् । ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा अध्यक्षका लागि २० हजार १७६ जना, ६ हजार ७४३ वटै महिला वडा सदस्यका लागि १३ हजार ५५४ जना, ६ हजार ७४३ वटै दलित महिला सदस्यका लागि १२ हजार १८१ र प्रत्येक वडामा दुइ वडा सदस्यका दरले ६ हजार ७४३ वडामा १३ हजार ४८६ वडा सदस्यका लागि २८ हजार २२८ जनले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया