पोखरा महानगरमा एमालेबाट मेयरको उम्मेदवारमा कृष्ण थापा

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा नयाँ उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपमेयरमा मञ्जु गुरूङलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

पौडेललाई उम्मेदवार बनाएको विषयमा पार्टीभित्रै असन्तुष्टि र उनको विवादास्पद सिसिटिभी फुटेज बाहिरिएपछि उम्मेदवार परिवर्तन गर्न नेतृत्वलाई दबाब बढेको थियो । पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि त्यहाँ कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । भने उपमेयरमा भने गुरूङ्गनै उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा एमालेका संगठनविभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य खगराज अधिकारीले पनि पोखरामा महानगरपालिकामा पार्टीले कृष्ण थापालाई महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पुष्टि गरे । मेयरमा प्रस्तावित थापा गण्डकी प्रदेश सभा सदस्यसमेत हुन् ।

प्रतिक्रिया