एकीकृत समाजवादी खाँडाचक्रले प्रमुख, उप-प्रमुख र ११ वडामा एकल उम्मेद्वारी दिने

कालिकोट । नेकपा एकीकृत समाजवादी खाँडाचक्र नगरपालिकामा प्रमुख, उपप्रमुख देखि ११ वडामा एकल उम्मेद्वारी दिने भएकाे छ । पाँच दलीय गठबन्धनले खाँडाचक्रका पार्टी संगठन र हजारौं कार्यकर्ताको भावना विपरित सहमती गरेका भन्दै प्रमुख, उपप्रमुख देखि ११ वडामा एकल उम्मेद्वारी दिने भएकाे हाे । जालझेल र सडयन्त्र् पुर्वक निर्णय लाई खाँडाचक्र नगर कमिटिले स्वतः खारेज गरी गठबन्धनका विरुद्धमा नेकपा एकिकृत समाजवादी खाँडाचक्र नगर कमिटिले प्रमुख, उप प्रमुख देखि ११ वडामा एकल उम्मेद्वारी दिने बताएको छ । नगर कमिटि अध्यक्ष कृष्ण बहादुर मल्ल र सचिव कम्मबहादुर शाहीको हस्ताक्षर रहेको विज्ञप्तीमामार्फत एस निकटका जनप्रतिनीधी पनि स्वतन्त्र रहेको बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ५ दलीय गठबन्धन र नेकपा एकिकृत समाजवादी पार्टीले आफु र आफ्ना पालिकामा मात्र समाजवादीका नेताहरुले सुरक्षीत र आत्मकेन्द्रित निर्णणमा समर्थ गरेको र खाँडाचक्र नगरपालिकालाई व्यवास्था गरी प्रमुख तथा उप प्रमुख नदिएको हुँदा यस प्रकारको जालझेल र सडयन्त्रमुलक निर्णयलाई अस्विकार गदै वडा अध्यक्ष र अन्य जनप्रतिनिधीहरुले समेत स्वतन्त्र छन् । खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही,खाँडाचक्र ८ का वडा अध्यक्ष आदिचन्द्र चौलागाँई,खाँडाचक्र ४ का वडा अध्यक्ष धनसिंह कामी, वडा सदस्यहरु किष्ण बहादुर मल्ल,तिल बहादुर शाही, बुची सुनार,पद्मा नेपाली,लक्ष्मी शाही, लाइसरा शाही, प्रजापती आचार्य, सरीता आचार्य, सरुनी दमाई, विरजित विष्ट, तिलप्रसाद अधिकारी, माङली चँदारा सहितका जनप्रतिनीधीहरुले स्वतन्त्र रहेका छन् ।’

नेपाली कांग्रेस, एकिकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन अनुसार कालिकोटमा टुंगो थियो । जिल्लाको खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकामा नेपाली कांग्रेस, शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिका एकिकृत समाजवादी र सान्नीत्रिवेणी, रास्कोट, पचालझरना, पलाँता गाउँपालिका र तिलागुफा नगरपालिका माओवादी केन्द्रको भाग पर्ने गरी सहमती भएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया