पर्वत । पालिका र वडाहरुका बिषयमा भागवण्डा मिल्न नसक्दा गठवन्धन अलमलमा देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि भोली र पर्सि उम्मेदवारी दर्ता हुदै छ । पालिका र वडाहरुका बिषयमा भागवण्डा मिल्न नसक्दा गठवन्धनमा अलमल देखिएको हो । जिल्ला निर्वाचन कार्यालय पर्वतले उमेदवारी दर्ताका लागि आवश्यक तयारी सकिएको जनाएको छ । तर जिल्लाका राजनीतिक दलहरुले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
नेकपा एमाले पैंयु गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाएको भएपनि अन्य ६ पालिकामा अझै निर्णय भैनसकेको जनाएको छ । पालिका प्रमुख र उपप्रमुख प्रदेशमा सिफारीस भएपनि निर्णय नआईसकेको र वडाहरुको पनि जिल्लामा सिफारीस आएपनि निर्णय भैनसकेको जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिए ।
भोली साँझ सम्म पदाधिकारी वा सचिबालय वैठक बसेर टुंगोमा पुगिने उहाँको भनाई रहेको छ । अधिकांस वडाको भने टुंगो लागिसकेको दावी पहाडीको रहेको छ । यता पाँच दलिय गठवन्धनबीच पनि अझै सहमति हुन सकेको छैन् । पाँच दलका नेताहरु लगातार दुई सातादेखि छलफल गरिरहेको भएपनि अझैसम्म टुंगोमा पुग्न सकेका छैन् । अधिकांस विषयमा सहमति भएको दावी गरिएको छ । यद्यपी भोली विहानसम्म टुंगो लगाएर सार्वजनिक गरिने कांग्रेस पर्वतका प्रवक्ता अच्युत तिवारीले जानकारी दिए ।
प्रतिक्रिया