कांग्रेस बझाङले दुई पालिकामा अध्यक्षका उम्मेदवार टुङ्गो लगायोे

बझाङ । नेपाली कांग्रेसले बझाङले जिल्लाका दुई ओटा पालिको अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । आसन्न बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार दलहरु विच गठबन्धन गर्दा कांग्रेसले सात पालिकाको प्रमुख पाएको र अहिलेसम्म दुई पालिकाको प्रमुखको टुंगो लागेको नेपाली कांग्रेस बझाङका प्रवक्ता रमान्द्र जोशीले बताए ।

प्रबत्ता जोशीले भने, ‘साइपाल गाउँपालिकामा उज्जवल बोहरालाई उम्मेदवार बनाएको छ । यसअघि साइपाल गाउँपालिकाको अध्यक्षका लागि निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामी, उज्जल बोहरा र कञ्जु भण्डारीको नाम जिल्ला कार्यसमितिमा सिफारिस भएको थियो ।’ निवर्तमान अध्यक्ष धामिले बोहरालाई समर्थन दिएपछी सर्बसम्मत भएको बताए । त्यस्तै नेपाली कांग्रेसले मष्टा गाउँपालिकाको अध्यक्षमा पूर्व जिल्ला उपसभापति ज्ञानबहादुर बोहरा निर्विरोध पालिका अध्यक्षको उम्मेदवार बनेकोे बताए ।

मस्टा गाँउपालिकाको अध्यक्षको उम्मेदवार बनेका बोहरा अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए । नेकपा एमालेले मष्टा गाउँपालिकाको अध्यक्षमा निर्माण व्यवसायी दीपक रोकायालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ, भने साईपाल गाँउपालिकामा मानबहादुर बोहरा, जयपृथ्वी नगरपालिकाको मेयरमा सुरत सिंहलाई सर्वसम्मत चयन गरको छ ।

प्रतिक्रिया