‘पीडा’ मा श्रीदेव र जेविकाको पीडादायी दृश्य

काठमाडौं । सञ्चारकर्मी तथा गायक सरोज कोइरालाको आवाजमा ‘पीडा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री जेविका कार्कीले अभिनय गरेका छन् । भिडियोमा युवा युवतीबीच माया प्रेमबाट छुट्टिनु पर्दा भोगेको पीडाको दृश्य कैद गरिएको छ ।

उक्त भिडियोमा जेबिकासँग अचानक छुट्टिनु पर्दा श्रीदेवको जिन्दगी नै उजाडिएको देख्न सकिन्छ । त्यस गीतको भिडियोमा आफूहरु पहिलो पटक देखिएको अभिनेता भट्टराईले बताए । गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त भिडियोको निर्देशन श्रीजन बरालले गरेका हुन् भने सन्तोष तिमिल्सिनाले छायांकन गरेका छन् । सिताराम कोइरालाको शब्द लेखेको गीतमा गायक सरोजले नै संगीत भरेका हुन् भने राजेन्द्र बजगाईको संगीत संयोजन रहेको छ ।

अभिनेता श्रीदेवले भाइमारा, न्यु जेनेरेसन, छल, चाल, विरानो माया, सुकुलगुण्डा, कुइनेटो, चिठ्ठी, बैगुनी रैछौ मायालु, तिमी मेरो पूजा, क्या बात, ऐलान, माया केबल माया लगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् । त्यस्तै, स्थापित सञ्चारकर्मी समेत रहेका सरोजले आफ्नो स्वर तथा संगीतमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेको जानकारी दिए ।

प्रतिक्रिया