बझाङ । नेकपा माओवादी केन्द्रले बझाङको छविसपाथिभेरा गाउँपालिका अध्यक्षका लागि बसन्त बहादुर चलाउनेलाई उम्मेदवार बनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चलाउनेलाई नेकपा माओवादी केन्द्रले गठबन्धनको साझा उम्मेदवारका रुपमा सर्वसम्मत घोषणा गरेको छ ।
पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रामचन्द्र रोकायाले बताए । रोकायाले भने, ‘छविसपाभिभेरा गाउँपालिकाको अध्यक्षको लागि चलाउनेलाई उठाउने निर्णय भएको छ ।’ दुर्गाथली गाउँपालिकाको अध्यक्षमा दिलबहादुर थापाला तुफान लाई अध्यक्षमा उठाउने सर्वसम्मत सहमती भएको उनले बताए ।
बझाङमा सत्तारुढ साझदेर दलहरुबीच चुनावी गठबन्धन हुँदा माओवादी केन्द्रले छविस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा प्रमुख र अन्य चार वटा गाउँपालिकामा उपप्रमुख पाएको छ ।
जयपृथ्वी नगरपालिकाका वडा नँ ६ का वडा अध्यक्ष सिहद्वारा पदबाट राजीनामा
बझाङको जयपृथ्वी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले पदबाट राजीनामा दिएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका को नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख बिरेन्द्रबहादुर खड्कालाई राजीनामा पत्र बुुझाएका हुन् ।
निर्वाचन आचार संहिता लागुु भएका कारण कामकाज गर्न नसकिने र अगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको सिहले बताए । सिहले भने, ‘मैले प्रयोग गर्दै आएको नगरपालिकाको मोटरसाईकल पनि नगरपालिका फिर्ता गरेको गरेको छु ।’ सिह नेकपा २०७४ सालमा भएको स्थानिय निर्वाचनमा जयपृथ्वी नगरपालिकाको वडा नम्बर ६ को वडा अध्यक्षमा विजयी भएका थिए ।
प्रतिक्रिया