एमाले मुगुले टुंग्यायो मेयर र उपमेयरका उम्मेदवार

मुगु । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पाटि एमालेले आफना उम्मेदवारहरु टुङ्गो लगाएको छ । जिल्लामा रहेका एक नगरपालिका र ३ वटा गाँउपालिकाहरुको लागी एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उप–प्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुन्गो लगाएको हो । एमालेले छायाँनाथ रारा नगरपालिको प्रमुखका लागी डम्बरबहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको नाम टुङ्गग्याएको नेकपा एमालेले जनाएको छ ।

त्यस्तै नेकपा एमालेले अन्य गाउँपालिकाको पनि नाम टुङ्गग्यायो छ । सोरु गाउँपालिका अध्यक्षमा डिल्लीप्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाईएको छ । खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।

घोषित उम्मेदवारहरु मध्य नगरप्रमुखका उम्मेदवार रावल २०७४ को स्थानिय निर्वाचनमा छायाँनाथ रारा नगरपालिका वडा ५ का वडा अध्यक्ष निर्वाचित भएको थिए । एमालले पालिका प्रमुख र उप–प्रमुखका उम्मेदवार टुंग्याए पनि ४५ वडाका वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाएको छैन् ।

सत्ता गठबन्धनले आफना उम्मेदवार टुंग्याएमा आफनो उम्मेदवार सार्वजनिक गर्ने योजनामा एमाले रहेको देखिन्छ । यता सत्ता गठबन्दनधारी दलहरुको दैनिक जसो बैठक बसे पनि गठबन्धन गरेर जाने की एग्ला एग्लै स्थानीय निर्वाचनमा जाने भन्ने बारे टुंगो नपुग्दा दलहरुले वडा देखि पालिका सम्मका उम्मेदवारहरु छनौट गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया