पोखरियाका नगरप्रमुख र वडाअध्यक्षले गरे सरकारी गाडी फिर्ता

पर्सा । पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार र वडाअध्यक्ष लक्षमण साह कानुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन । नगर प्रमुख रौनियार र वडाअध्यक्ष कानुले प्रयोग गर्दै आएको ना १ झ १६२४ नम्बरको स्कार्पियो र पुल्सर मोटरसाइकल गाडी नगरपालिका कार्यालयलाई फिर्ता गरेका हुन् ।

शुक्रबार रौनियार र कानुले नगरपालिका का जिन्सी शाखा प्रमुख मनोज कुमार साहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । आफूले नैतिकताको आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीको दुरुपयोग नहोस भन्ने उद्देश्यले गाडी बुझाएको नगर प्रमुख रौनियार र वडाअध्यक्ष कानुले बताए ।

प्रतिक्रिया