पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

पाँचथर । फिदिममा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ। बिहिबारख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत योगेन्द्रप्रसाद शाहले उदघाटन गरेका हुन् । उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अब हुने निर्वाचन आयोगको मात्र नभएर सबैको जिम्मेवारी रहेको बताए ।

निर्वाचनमा होमिएका दलहरुले समयतालिका अनुसार नै उम्मेदवारी दर्ता गर्ने भन्दै गठबन्धनको बैठकमा जान नेताहरु भने बाहिरीएका थिए।
उक्त उदघाटनमा तीन तहका सुरक्षाकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लामा दलहरु आ–आफ्नो उम्मेदवारी छान्न र गठबन्धन मिलाउन, कसरत साथै सकस परेको एक नेताले बताए।

प्रतिक्रिया