चट्याङ लागेर तीन जना घाइते, एउटा गोरु र १४ वटा कुखुराको मृत्यु

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । कपुरकोट– ४ धनवांगस्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र उनीहरुको १२ वर्षीय नाती दिनेश थापा घाइते भएका हुन् ।

घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरुलाई चट्याङले लागेको थियो । बिहानै घाइतेहरुको उद्धार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । साथै, सोही क्रममा चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया