काठमाडौ । नेपालको अर्थतन्त्रमा २०७८ साल सकसपुर्ण र संकटको बर्षको रुपमा रह्यो । मौद्रिक नीति, वित्तीय र व्यापार नीतिको तालमेल नहुँदा अर्थतन्त्रमा संकट देखिएको हो । बाह्य क्षेत्रमा परेको दबाबका कारण अत्यावश्यक बाहेकका अन्य वस्तुको आयात गर्दा एलसीमा कडाइ गर्नुपर्ने अवस्था आयो । संकटमा अर्थतन्त्र जान थालेपछि विलासी वस्तुको आयातलाई निरुत्साहिन गर्ने वातावरण सृजना भयो । इतिहासमै अलोकप्रिर्य निर्णयको रुपमा केन्द्रीय बैकको गभर्नरलाई समेत निलम्वन पर्ने जस्ता कार्य हुन पुग्यो । यि सबै कारणले अर्थतन्त्रलाई निराासामुखी बनाएको हो ।
प्रतिस्थापन बजेट मार्फत बर्तमान सरकारले ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएपनि त्यो पुरा हुन सकेन । कोभिड १९ को दोस्रो लहर गत वैशाख १५ बाट सुरु भएको हो । आर्थिक बृद्धिको लक्ष्य हासिल हुन नसक्नुको दोष पनि कोभिड संक्रमणलाई दिएर सरकार पन्छिउन पुग्यो ।
अर्थमनत्री जनार्दन शर्माले मन्त्रालयमा रहेका अनुभवी कर्मचारी हटाएर अर्थबाहिरका क्याडरहरु ल्याउने अध्यास यही बर्ष सुरु गरे । महालेखा नियन्त्रक रहेका मधुकुमार मरासिनी अर्थसचिव भए भने राजस्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिइयो । यही बर्ष एउटा सरकारले ल्याएको बजेटलाई अर्को सरकारले बजेट नै ल्याएर प्रतिस्थापन ग¥र्यो । अर्थमन्त्री शर्माले पुर्व अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले ल्याएको बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्बमा झारे । तर, त्यस्ले पनि सफलता पाउन सकेन ।
–केन्द्रीय बैकको गभर्नर समेत निलम्वन परे
–७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुनृ
–एउटा सरकारले ल्याएको बजेटमाथी अर्को बजेट
–बढ्दो आयातका कारण तरलतामा दबाब
–चालू खाता घाटा बढेर ४ खर्ब ६३ अर्ब
–धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेको सिइओ सर्वोत्तम सेयर प्रकरणमा मुछिए
राष्ट्र बैंकलाई मौद्रिक नीति प्रतिस्थापन विधेयक भन्दा अघि ल्याउन दिएन । जसका कारण बढ्दो आयातमाथि नियन्त्रण गर्न असहज अवस्था सृजना हुन पुग्यो । आयात तीव्र रुपमा बढ्न पुग्यो भने बैंक,वित्तीय संस्था समयमा नै वार्षिक प्रतिवेदन बुझाउनबाट बञ्चित हुन पुगे ।
यो वर्ष बैंकिङ क्षेत्र निकै ठूलो दबाबमा रह्यो । चालू आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) हटाएर कर्जा निक्षेप अनुपात (सीडी) कार्यान्वयनमा ल्यायो । ८५ प्रतिशत रहेको सीसीडी हटाएर ९० प्रतिशत सीडी अनुपात कायम गर्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्मको सीमा तोकेको छ । विगतमा बैंक वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कोर क्यापिटल जोडर ८५ प्रतिशतसम्म कर्जा दिन पाउँथे । तर, राष्ट्र बैंकले सीडीमार्फत संकलन भएको निक्षेपबाट ९० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेपछि बजारमा तरलता अभाव चकिएको हो ।
बढ्दो आयातका कारण तरलतामा दबाब रहेको छ । बाह्य क्षेत्र दबाबमा रहेको भन्दै केन्द्रीय बैंकले मौखिकरुपमा अतिवाश्यक वस्तु वाहेकमा एलसी नखोल्न निर्देशन दिन पुग्यो । बढ्दो आयात रोक्न राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत आयात कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र हायरपर्चेज कर्जा, रियल स्टेट र सेयर कर्जाको जोखिमभार पुनरवलोकन गरेको कारण त्यस्तो प्रभाव बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्ततामा पर्न पुग्यो । बढ्दो आयातका कारण नेपालको बाह्य क्षेत्र दबाबमा छ । चालू खाता घाटा बढेर ४ खर्ब ६३ अर्ब पुगेको छ । यस्तो घाटा कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) को तुलनामा करिब ११ प्रतिशत रहन पुग्यो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू खाताघाटा जीडीपीको ८ प्रतिशतभन्दा बढी हुनुले अर्थतन्त्रमा संकटोन्मुख हुँदै गएको रुपमा बुझ्नुपर्ने समेत बताउनुले अर्थतन्त्र संकटोन्मुख रहेको देखिन्छ । तर नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि लामो समय कोरोना महामारिले थला पारेको अर्थतन्त्र विस्तारै पुरानै लयमा फर्किने बताएका छन ।
यो बर्ष पुँजी बजारमा पनि गिरावट आयो । तरलता अभाव र ब्याजदर वृद्धिको मारमा सेयर बजार पिल्सीरह्यो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा ल्याएको ४ र १२ करोड रुपैयाँका कारण बजार निरन्तर रुपमा घट्यो भने लगानीकर्ताहरु आन्दोलित भए । हालसम्मकै उच्चतम बिन्दु करिब ३ हजार २ सय अंकमा पुगेर सेयर बजार पछिल्लो समय २ हजार ४ सय अंक भन्दा तल झर्न पुग्यो । यही बर्ष नियामक निकायको रुपमा हरेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सेयर प्रकरणमा मुछिन पुगे । सिंहले राजीनामा दिए भने ढुंगानालाई सरकारले निलम्बन गर्यो ।
ठप्प रेको पर्यटन क्षेत्रमा भने गत पुस महिना यता तेस्रो चरणमा फैलिएको कोरोना संक्रमणदर विस्तारै घटेको र धेरै नेपाली नागरिक तथा विदेशीले कोरोना विरुद्धको खोपको डोज पुरा गरेका कारण पर्यटकीय गतिविधीमा चहल पहल सुरु हुन थालेको देखिएको छ । विस्तारै पर्यटकीय गतिविधी बढेसँगै अहिले विभिन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या बढ्न थालेको छ । विगत सात दशकदेखि पर्यटन व्यवसायमा सक्रिय एसियन ट्रेकिङका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले कोरोना महामारिको संक्रमण कालमा जस्तो अप्ठेरो अवस्था अब कहिल्यै भोग्न नपरोस भन्ने बताए । उनले नववर्ष २०७९ ले त्यो सबै कष्ट र दुःखलाई भुलाएर मुलुकको पर्यटन क्षेत्रकालागि एकदमै सुखद् र सहज हुने अपेक्षा गरेका छन ।
आगामी नयाँ वर्ष २०७९ सालको प्रारम्भदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तराष्ट्रिय व्यवसायीक हवाई उडान सुरु हुने छ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडानको पहुँच विस्तारको अभियानमा सरकार तिब्रताकासाथ निर्माणको काम अघि बढाईरहेको छ । यसलाई पनि आम पर्यटन व्यवसायीले नेपालमा पर्यटक आगमनको संख्या बृद्धिमा ठुलो महत्व राख्ने अपेक्षा गरिरहेका छन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको पर्यटकीय गविविधीलाई पहिलेकै अवस्थामा फर्काउन पर्यटक आकर्षित गर्नुपर्ने बताएकाले पनि नयाँ बर्ष आशाबादी बर्षको रुपमा रहने आकलन गरिएको छ ।
प्रतिक्रिया