अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्बरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको बताइएको छ ।
अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको थियो । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् ।
विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया