काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले सरकारको नेतृत्व गरेको बेला केही न केही नयाँं रेकर्ड कायम गर्ने गरेका छन् । ०५३ सालमा उनले नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्रीपरिषद् बनाएर नयाँं रेकर्ड कायम गरेका थिए ।
त्यसबेला उनले मन्त्रीपरिषद्को संख्या ४८ पुर्याएका थिए । प्रधानमन्त्री देउवाले यस पटक संसद बाहिर रहेका कानून व्यवासायी गोविन्द बन्दीलाई कानूनमन्त्री नियुक्त गरेर अर्को रेकर्ड कायम गरेका छन् । संसदमा एक्लै ६५ सिट रहेको कांग्रेसको तर्फबाट उनी मन्त्री बनेका छन् ।
अहिलेका बाहल वाला संसादले बन्दीको नियुक्ति पछि गुनासो गरेका छन् । संसदमा के मन्त्री बन्न लायक अरु केही सांसद योग्य थिएनन् । यसभन्दा अघि गैर सांसदको रुपमा देउवाले मन्त्री बनाएका गजेन्द्र हमालको नाम प्रधानन्यायाधीशसँग जोडिएपछि नियुक्ति भएको दुई दिनमा नै उनले राजीनामा दिएका दिएका थिए ।
पार्टी भित्र र सत्ता गठबन्धनभित्र समेत कुनै छलफल नगरी बन्दीलाई मन्त्री नियुक्त गरेपछि प्रधानमन्त्रीप्रति थप असन्तोष बढेको छ । देउवाले यसअघि कानून मन्त्रीका जिम्मेवारी सम्माहालेका दिलेन्द्र बडुलाई भने वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मा दिने बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
।
प्रतिक्रिया