१२ सय जनाले ओलीको हातबाट टिका लगाउने ! 

पर्वत । पर्वतमा यहि आउँदो चैत्र २६ गते नेकपा एमालेले बृहत आमसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुर्व प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कुश्मा बजारको बान्द्रेविणि चौरमा आमसभा गर्ने भएको हो । बृहत आमसभामा विभिन्न पार्टी परित्याग गरेर झण्डै १२ सय जना कार्यकर्ता नेकपा एमालेमा पार्टीका अध्यक्ष ओलीबाट टिका र खादा लगाएर पार्टी प्रवेश गर्न लागेका पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईले जानाकारी दिइन् । सवै पालिका र वार्ड कमिटी अध्यक्षहरुलाई त्यसैअनुरुपको ब्यवस्थापन गर्न निर्देशन समेत दिइएको उनले जाकारी दिइन् ।

नेकपा एमाले पर्वतले आयोजना गरेको बृहत आमसभाको बारेमा जानाकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा नेता चापागाईले सो कुरा बताएकी हुन् । नेकपा एमाले जनताको पार्टी भएको र यसमा समाहित हुन जिल्लाका हजारौँ जनताहरु लालाहित भएर बसेका समेत उनले बताइन् ।

पत्रकार सम्मेलनमा उठेका बिभिन्न प्रश्न र गुनासोहरुको जवाफ दिदै एमालेका जिल्ला अध्यक्ष राजु पौडेलले यो आमसभामा २० औँ हजार कार्यकर्ता कुश्मा बजारमा उतार्ने समेत बताए । उनले भने, ‘त्यो बिशेष दिनमा गाउँगाउँबाट हजारौँका हजार मान्छेहरु कुश्मा बजार आउने छन् बान्द्रेविणि चौरमा सबै नअट्ने भएका कारण हामिले प्रबिधिको प्रयोग गरेर प्रोजेक्टर मार्फत कार्यक्रमको बजार क्षेत्रमा प्रत्यक्ष प्रसारण गर्ने सोच बनाएका छौँ ।’ कार्यक्रमको लागि करिव १० लाख रुपैयाँ खर्च हुने अध्यक्ष पौडेलले जानाकारी दिए  ।

कार्यक्रम स्थल कुश्मा बजारसम्म कार्यकर्ता ल्याउनको लागि यातायातको ब्यवस्थापन सम्वन्धित पालिका र वार्डले नै गर्ने उनले जाकारी दिए । बृहत आमसभालाई सम्पन्न गराउन बिभिन्न मुल ब्यवस्थापन समिती समेत बनाइएको उनले बताए ।

प्रतिक्रिया