एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु, पाँच जना घाइते

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ वर्षीया काजल देवी, २५ वर्षीय धुरेन्द्र राउत, ४१ वर्षीया मञ्जु देवी, १५ वर्षीय अनिकेत पटेल र १७ वर्षीया अञ्जली पटेलको विरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

प्रतिक्रिया