पर्सा । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हात्तीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले हात्तीसहित भरतपुर महानगरपालिका– १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का सोही ठाऊ बस्ने ४० वर्षीय राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने सफरोज आलमलाई नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटेको टोलीले तीनै जनालाई पकहा मैनपुर गाउँपालिका– ५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । नियन्त्रणमा लिएका हात्ती र मानिसलाई आवश्यक कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने खनालले जानकारी दिए ।
प्रतिक्रिया