मन्त्रीको उपस्थितिविना नै प्रदेशसभाको बैठक सञ्चालन भएपछि सांसदको आपत्ति

जनकपुरधाम । चार–चार पटक स्थगित भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक मन्त्रीको उपस्थितिविना नै बैठक सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।

मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छन् ।

‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ, तर यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ ।’

मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उनले माग गरेकी छन् । ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले भनिन् ।

प्रतिक्रिया