काठमाडौं । सन्देशमुलक गीत ‘मेरो जात हो नेपाली’ बजारमा आएको छ । ५७औँ अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवसको अवसर पारेर २१ मार्च २०२२ मा उक्त गीत सार्वजनिक गरिएको हो ।
२१औँ शताब्दीमा पनि जात र भातको कुरा गर्ने विषयलाई उजागर गरेर गीतमा ‘मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली’ हो भन्ने सन्देश दिन खोजिएको छ ।
राष्ट्रिय भावले ओतप्रोत रहेको उक्त गीतमा दिल्ली अधिकारीको आवाज रहेको छ भने भीम अधिकारीको शब्द तथा सुशील विश्वकर्माको संगीत रहेको छ ।
त्यसैगरी निर्देशक शंकर बिसिले निर्देशन गरेको गीतको भिडियोमा अजय रेग्मीको छायांकन तथा नवीन घर्ती मगरको सम्पादन रहेको छ ।
भिडियोमा नायक दिलिप रायमाझी, नायिका केकी अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापालगायतको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया