देशमा चरम बेरोजगारी

काठमाडौं । टेकुस्थित महानगरीय प्रहरी परिसरमा म्यादी प्रहरीमा आवेदन दिने लाइनमा भेटिए, बालाजुका समिर सुनुवार । उनी लाइनको अन्तिमतिरै थिए । आफुसँगै लाइनमा अघिपछि बसेकालाई उनी प्रश्न गर्थे, ‘नेपालमा पढेर पनि के नै हुने रहेछ र है ? मैले एमए पास गरिसकें तर, कसैले जागिर दिंदैन ।’ सुनुवारभन्दा पछिल्लो लाइनमा बसेका किर्तिपुरका श्यामसुन्दर मानन्धरले पढाइको सर्टिफिकेट सुनुवारलाई देखाउँदै भने, ‘यि साथी, हेर्नोस मैले पनि स्नातक गरिसकेको छु । सरकारले स्वदेशमै स्वरोजगारको ललिपप देखाउँछ तर, व्यवहारमा छैन । म्यादी प्रहरीमै भए पनि एक महिना काम गर्दा ४० हजार रुपैयाँ आउने रहेछ । त्यहीभएर आएँ आवेदन दिन ।’ चितवन भरपुरका हरिबाबु कमली पनि पढाइले स्नातक । उनले काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसबाट स्नातकतहको पढाइ सकेका छन् । बेरोजगार भएकै कारण उनले म्यादी प्रहरीमा जागिर खान आवेदन दिएका छन् ।

सुरुमा उनी वैदेशिक रोजगारीका लागि गएका थिए । अहिले बेकामे भएकाले उनले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बालाजुका समिर, किर्तिपुरकाश्याम सुन्दर, चितवनका हरिबाबु म्यादी प्रहरीमा आवेदन दिनेमध्येका पढेलेखेका पात्रहरु हुन् । देशभरको तथ्याङ्क केलाउने हो भने यस्ता धेरै छन् । यसले देशमा बढ्दै गएको चरम बेरोजगारीको अवस्थालाई देखाउँछ । म्यादी प्रहरीमा भर्ना हुन बिहीबारसम्ममा दुई लाख ६० हजारभन्दा बढीले आवेदन दिइसकेका छन् । आवेदन दिनेमध्ये अधिकांश एसएलसीभन्दा बढी पढेका छन् । आवेदन दिएकामध्ये ३० प्रतिशतभन्दा बढी स्नातक उत्तिर्ण रहेको प्रहरी मुख्यालयले जनाएको छ । प्रहरीले आवेदन लिँदा प्रश्न सोध्छ, ‘यति धेरै पढेर पनि किन म्यादी प्रहरीमा ?’

सबैको जफाव एउटै हुन्छ, ‘पढेर मात्रै हुने होइन रहेछ । जागिर कस्ले दिने ? आफ्ना मान्छे नभई कसैले जागिर दिदैन ।’ आवेदन दिएकामध्ये विशेषगरि मधेश प्रदेशमा त वैदेशिक रोजगारमा गएर फर्किएका धेरै रहेको प्रहरी मुख्यालयले जनाएको छ । वैदेशिक रोजगारमा काम गर्दा मसिक २५ हजार पनि नबच्ने भएपछि भिसा लगाएर पनि म्यादी प्रहरीमा आवेदन दिने युवाको सँख्या कम छैन । काठमाडौंका कुरा गर्दा टेकु परिसरमा त भर्खरै स्नातक गरेर बसेका धेरै आवेदन दिन आएका छन् । परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार म्यादी प्रहरीमा आवेदन दिन आउने अधिकांश पढेलेखेकै छन् । सरकारले एक लाख म्यादी प्रहरी मागेकोमा अहिले दैनिक आवेदन दिनेको घुइँचो बढेको छ । म्यादी प्रहरीले मासिक ४० हजार रुपैयाँ तलब र पोशाकसँगै लौरो पनि पाउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार पाँच दिनसम्ममा दुई लाख ५८ हजार दुई सय ६० जनाले म्यादी प्रहरीका लागि आवेदन दिइसकेका छन् ।

सबैको जफाव एउटै हुन्छ, ‘पढेर मात्रै हुने होइन रहेछ । जागिर कस्ले दिने ? आफ्ना मान्छे नभई कसैले जागिर दिदैन ।’ आवेदन दिएकामध्ये विशेषगरि मधेश प्रदेशमा त वैदेशिक रोजगारमा गएर फर्किएका धेरै रहेको प्रहरी मुख्यालयले जनाएको छ । वैदेशिक रोजगारमा काम गर्दा मसिक २५ हजार पनि नबच्ने भएपछि भिसा लगाएर पनि म्यादी प्रहरीमा आवेदन दिने सर्वसाधरण भेटिएका छन् ।

सबैभन्दा बढी मधेश प्रदेशमा आवेदन परेको छ । शुक्रबारसम्म चल्ने आवेदनमा बिहीबारसम्मा मात्रै ६० हजारभन्दा बढीले आवेदन दिइसकेको जानकारी प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले दिएका छन् । उनका अनुसार म्यादी प्रहरीको आवेदन खुला गरिएको पहिलो दिन ३० हजार दुई सय ९९, दोस्रो दिन ५३ हजार दुई सय ९९, तेस्रो दिन ५७ हजार एक सय ६१, चौथो दिन ५८ हजार दुई सय २१ र पाँचौं दिन ६० हजारले आवेदन दिएका छन् । आवेदन शुक्रबारसम्म लिइने छ । यसपटक सरकारले एकै चरणमा स्थानीय तहको चुनाव सक्ने रणनीति लिएको छ । म्यादी प्रहरीमा एसएलसी पास भएकादेखि स्नातकोत्तर पढेकासम्मले आवेदन दिएका छन् । आवेदन प्रक्रिया सकिएपछि छनौट चरणमा जाने जानकारी एसएसपी केसीेले दिए ।

केसीका अनुसार सुरुमा उनीहरुलाई न्यूनतम पाँच किलोमिटर दौडाइने छ । दौडमा मेरिटका आधारमा छनौट गरिन्छ । उनीहरुको शारीरिक तन्दुरुस्तको अवस्था (अग्लो, तौल, छाती, आँखाको अवस्था र रोग) का बारेमा जानकारी लिइने छ । यसरी पनि छनौट एकिन गर्न नसके अन्तवार्तामा जाने जानकारी एसएसपी केसीले दिए । सरकारले यसअघि पोशाक र लौरोलाई छुट्टै बजेटको व्यवस्था गरे पनि यसपटक भने एकै ठाउँमा जोडेर बजेट बिनियोजन गरेको छ ।

एक जनालाई पोशाक र लौरोगरि जम्मा दुई सय रुपैयाँ बजेट बिनियोजन गरिएको मुख्यालयले जनाएको छ । यो पैसाले न पोशाक आउँछ न लौरो नै । तलबमा भने उनीहरुलाई जनही ४० हजारको बजेट बिनियोजन भएको मुख्यालयले जनाएको छ । मधेश प्रदेशपछि उपत्यकामा आवेदन दिनेको सँख्या धेरै रहेको देखिन्छ । उपत्यकामा मात्रै ४० हजारले आवेदन दिइसकेका छन् । कुन निर्वाचन क्षेत्रमा कति म्यादी प्रहरी खटाउने भन्ने विषयमा भने निर्वाचन आयोगले निर्वाचन क्षेत्र छट्याएपछि मात्रै यकिन हुने जानकारी एसएसपी केसीले दिए । ‘निर्वाचन क्षेत्र नै नछुट्टीइकन यो मतदान केन्द्रमा यति म्यादी प्रहरी खटाउने भन्ने निक्र्यौल हुँदैन, ‘ एसएसपी केसीले सौर्य दैनिकसँगको कुराकानीमा भने, ‘आयोगले १२ वा १३ गतेमात्रै मतदान केन्द्र सार्वजनिक गरेपछि कहाँ÷कति खटाउने भन्ने कुराको निक्र्यौल हुनेछ ।’

आवेदन दिएकामध्ये ३० प्रतिशतभन्दा बढी स्नातक उत्तिर्ण रहेको प्रहरी मुख्यालयले जनाएको छ । प्रहरीले आवेदन लिँदा प्रश्न सोध्छ, ‘यति धेरै पढेर पनि किन म्यादी प्रहरीमा ?’ सबैको जफाव एउटै हुन्छ, ‘पढेर मात्रै हुने होइन रहेछ । जागिर कस्ले दिने ? आफ्ना मान्छे नभई कसैले जागिर दिदैन ।’

चुनावी सुरक्षा नीति तयार हुँदै
आगामी स्थानीय तह चुनावमा चार तहको सुरक्षा अवधारणासहित गृह मन्त्रालयले तयारी थालेको छ । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि बसेर टुंगो लगाउने छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा राष्ट्रिय अनुसन्धान विभाग र चौथो घेरामा नेपाली सेनाको टोली खटाउने सरकारी तयारी छ । यसपटक नेत्रविक्रम चन्द ‘विप्लव’ समुह पनि चुनावमा जाने तयारी गरिरहेको छ ।

सीके राउतले पनि चुनावमा जाने निर्णय गरिसकेका छन् । तराईमा भूमिगत समुहको पनि खासै प्रभाव छैन । चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी लगायत दर्जनौं पार्टी होमिदै छन् । आन्तरिक प्रतिस्पार्धामा चुनावमा हुलहुज्जत हुने र मतपत्र खोसाखोससम्म हुनसक्ने प्रतिवेदन प्रहरीले गृह मन्त्रालयमा बुझाएको छ । चुनौतिपूर्ण समुह नै चुनावमा होमिने भएपछि थप चुनौति के हो भन्नेबारे प्रहरीले आन्तरिक गृहकार्य सुरु गरेको छ ।

यसका लागि निर्वाचन आयोगले निर्वाचन क्षेत्र र मतदान स्थल तोकेपछि सोहीअनुसार अनुगमन गरेर सुरक्षा चुनौति विश्लेषण गर्ने तयारी प्रहरीको छ । प्रहरी प्रधान कार्यालयले २०७४ सालमा भएको चुनावलाई नै आधार बनाएर आन्तरिक सुरक्षा योजना बनाउन मातहतका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरिसकेको छ ।

स्थानीय प्रहरीले पनि जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर सुरक्षा योजनाबारे प्रारम्भीक खाका तयार गर्दैछन् । प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी केसीका अनुसार मतदान केन्द्र तोकिएपछि सुरक्षा योजनाको खाकाले पूर्णता पाउनेछ । त्यसो त निर्वाचन सुरक्षाकै लागि एआईजी सहकुलबहादुर थापाको संयोजोकत्वमा समिति बनेर सुरक्षा योजनाबारे अन्य सुरक्षा निकायसँग समन्वय पनि भइरहेको छ । बिहीबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो । समितिले उक्त बैठकमा निर्वाचन सुरक्षाको बारेमा खाका प्रस्तुत गरेको छ । उक्त खाका मन्त्रि परिषद्बाट निर्णय भएपछि सोही अनुसार सुरक्षाकर्मी परिचालनको ढाँचा बन्नेछ ।

एकीकृत सुरक्षा नीति पारित

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएकोे छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पुर्याउँछ ।’

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । उनका अनुसार बैठकमा आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।

बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको थियो । बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेला आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

उक्त बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया