मेलिन्डाले सम्बन्धविच्छेद हुनुको कारण खुलाइन्

न्यूयोर्क । संसारका सर्वाधिक धनीमध्येका एक अर्बपति बिल गेट्सकी पूर्वपत्नि मेलिन्डाले पहिलो पटक आफ्नो सम्बन्धविच्छेद हुनुको कारणहरु खुलाएकी छन् । सीबीएस न्यूजसँगको अन्तर्वार्तामा उनले बिल गेट्ससँग सम्बन्धविच्छेद गर्नुको कारणबारे खुलासा गरेकी हुन् । बिल गेट्स र उनकी श्रीमती मेलिन्डा फ्रेन्च गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि गत वर्ष मे महिनामा अलग भएका थिए । बिल गेट्सको सम्बन्धको बारेमा कुरा गर्दै मेलिन्डाले भनिन्, ‘एक समय यस्तो आयो, जब हामीबीचमा केही बाँकी थिएन। म माफ गर्नमा विश्वास गर्छु, त्यसैले हामीले हाम्रो सम्बन्धलाई फेरि सम्हाल्छौं भन्ने सोचेको थिएँ । त्यसबेला मलाइ अलग्गै बस्नु ठिक लाग्यो । बिलसँग अलग भएपछि म धेरै रात रोएर बिताए । त्यो मेरो शोकको समय थियो ।’

मेलिन्डाले भनिन्, ‘ मेरो जीवनमा यस्तो मौका आयो जब मेरो विवाह टुटेपछि म धेरै दुखि भएको थिएँ। सम्बन्धविच्छेदको निर्णय भएपछि, मलाई बिलका प्रवक्ताले उनीहरूको २० वर्ष पुरानो एक्स्ट्रा मैरिटल अफेयरको बारेमा बताए । अलग हुने कारण यो मात्र थिएन । तर, अहिले त्यो पीडाबाट मुक्त भएर जीवनको नयाँ अध्यायतिर लाग्दैछु ।’ माइक्रोसफ्टमा आबद्ध भएको चार महिनापछि, मेलिन्डाले न्यूयोर्कमा भएको पीसी एक्सपो ट्रेड शोमा बिल गेट्सलाई भेटिन्। यहाँ दुबैको भेट बिजनेस डिनरमा भएको थियो । यो डिनर पछि दुबैले एकअर्कालाई डेट गर्न थाले ।

पहिलो भेटको सात साल पछि सन् १९९४ मा उनीहरुले हवाईको लानाई टापुमा विवाह गरे। दुबैका तीन सन्तान छन् । मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोडेर पति बिल गेट्ससँग मिलेर ‘गेट्स लाइब्रेरी फाउन्डेसन’को स्थापना गरिन्, जसको नाम सन् २००० मा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखियो । समाजमा उनले गरेको योगदानका कारण सन् २००५ मा टाइम म्यागेजिनले कभर स्टोरी नै गरेको थियो । मेलिन्डा गेट्स ६२० मिलियन डलर (४७४ अर्ब रुपैयाँ) को मालिक पनि हुन् । सिएटलमा रहेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन संसारको सबैभन्दा प्रभावशाली निजी संस्था हो । सम्बन्धविच्छेदपछि पनि दुवैले आफ्नो फाउन्डेसनको सहअध्यक्षको रुपमासँगै काम गरिरहने बताएका छन् । यो सस्थाले विश्वभरका देशहरूमा परोपकारी काम गर्दछ ।

प्रतिक्रिया