‘वैज्ञानिक समाजवाद अबको बाटो’

अर्घाखाँची । पुँजीवादबाट लोकतन्त्रलाई अलग गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रामा अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग प्रमुख भेषराज भुसालले बताए । अर्घाखाँचीको सन्धिखर्कमा बुधबार जनपत्रकार संगठनद्वारा आयोजित पत्रकार संम्मेलनमा बोल्दै नेता भुसालले यस्तो बताएका हुन् । नेता भुसालले नेपालमा ०७ सालदेखि अहिलेसम्म पनि संसदीय व्यवस्थाले शासन गरेता पनि जनताको पक्षमा काम हुन नसकेको बताउँदै जनताले अपेक्षा गरेका पात्र नै सांसद मन्त्री पटकपटक सत्तामा पुगे पनि देशमा विद्यमान रूपमा चरम पुँजीवादको आँकडा बढेकोले जनताले निकास पाउन नसकेको बताउँदै बास्तविक जनताको सत्ता वैज्ञानिक समाजवाद नै अहिलेको निकास रहेको उनले बताए ।

भुसालले शान्तिपूर्ण ढंगबाट राष्ट्रिय राजनीतिका अन्तरविरोधहरूलाई हल गरेर जनतालाई राष्ट्रियता जनतन्त्र र जनजीविकाको ग्यारेन्टी र वर्तमान सरकार गर्न नसक्ने बताउँदै त्यसका लागि मुलुकमा प्रगतिशील सरकारको आवश्यकता रहेको र आपूmहरूले प्रगतिशील सरकारको अवधारणा जनताको भावना अनुसार खाका प्रस्तुत गरेको समेत बताए । एक फरक प्रसंगमा नेता भुसालले एमसीसी राष्ट्रघाती र राष्ट्रघाती सम्झौता जनताको भावना विपरीत सदनबाट पास गरेर वर्तमान सरकारले कलंकको टीका लगाएको बताए । एमसीसी अहिले संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गर्नुको अर्थ नभएको समेत बताए । एमसीसीविरुद्ध हरेक पार्टी भित्रका देशभक्तहरू परिवर्तनप्रेमी क्रान्तिकारीको एउर्टै मोर्चा बनाएर संघर्ष गर्ने बताउँदै भारत र चीनसँग आफ्नो छिमेकी सम्बन्ध रहेता पनि नेपालको भूमि प्रयोग गर्ने अधिकार नेपाली जनतामा निहित रहेको बताए । नेपाली जनतामाथि कसैले गिद्धेनजर लाएको खण्डमा त्यसका विरुद्ध संघर्ष गर्ने बताए । जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सचिव तथा जिल्ला इन्चार्ज अनिल नेपालीको अध्यक्षता जिल्ला सदस्य गिरिजा खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया