थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६९३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ९ लाख ७६ हजार ३६१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ९७१ रहेको छ ।

पछिल्लो समय थप ९११ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ लाख ५४ हजार ३४१ पुगेको छ । निको हुने दर ९६ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

थप दुईको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ७९० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १० हजार ९० रहेको छ । अहिले होम आइसोलेसनमा ९ हजार ७९३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया