प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसीको प्रस्ताव समावेश

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार (आज) सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया