देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । संसदमा टेबुल भएको एमसीसी र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको छ । ‘संसदमा टेबुल भएको एमसीसी र स्थानीय चुनावका विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ,’ एक नेताले भने, ‘पार्टी भित्रको अन्य विषयमा पनि छलफल होला ।’

आइतबार सरकारले संसदमा एमसीसी टेबल गरेको छ । सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी टेबलको विपक्षमा छन् । सत्ताको नेतृत्वकर्ता कांग्रेस भने एमसीसी पारित गर्ने पक्षमा छ ।

प्रतिक्रिया