एमालेले तत्काल विभागहरु गठन गर्ने

काठमाडौं । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ । ‘तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ । पछि ३५ सदस्यीय बनाउने निर्णय भएको छ’, पार्वत गुरुङले भने ।

प्रतिक्रिया