थप ४३७ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा आज थप दुई जनाको मृत्यु भएको छ । हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया