थपियो तीन एआईजीको दरवन्दी

काठमाडौं । चर्को राजनीतिक दौडधुपपछि तीनजना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को दरवन्दी थप गरिएको छ । मन्त्रिपरिषद्को बैठकले बिहीबार गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै तीनजना एआईजीको दरवन्दी थप्ने निर्णय गरेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले तीन एआईजीसहित थुप्रै दरवन्दी थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा गरेको थियो । प्रहरी कर्मचारीको समायोजन ऐन स्वीकृत हुनुअघि नै तीनजना एआईजी थप्ने विषयमा ओएनएम भइसकेको थियो ।
तर, ऐन कार्यान्वयनमा आएपछि त्यसलाई अध्ययन गर्न सरकारले समिति बनाएर आवश्यक हो वा होइन भन्ने निक्र्यौल गर्न कार्यादेश दिएको थियो । गृहसचिव संयोजक रहेको उक्त समितिले तीन एआईजी आवश्यक रहेको प्रतिवेदन बुझाएपछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजी थप्ने प्रस्ताव स्वीकृत गर्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । तीनजना एआईजीको दरवन्दी थप गर्ने निर्णयसँगै प्रहरी वृत्तमा खैलावैला मच्चिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछिको प्रहरी नेतृत्वमा अहिले दुईजना एआईजी दावेदार छन् । एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापावीच प्रहरी नेतृत्वमा रस्साकस्सी छ । तर, सरकाले पोखरेल र थापा दुवैलाई नरुचाएकै कारण तीनजना एआईजीको दरवन्दी थप गरेको स्रोत बताउँछ । पोखरेल र थापालाई पूर्ववर्ती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजी बनाएको थियो । उनीहरुले प्रहरी नेतृत्वमा पुगेपछि एमालेकै डिजाइनमा काम गर्ने बुझाई वर्तमान सरकारको । खासगरी शेरबहादुर देउवामाथि पोखरेल र थापालाई कुनै पनि हालतमा आईजीपी बनाउन नहुने पार्टीभित्रैका नेतादेखि कार्यकर्तासम्मको दबाब छ ।

एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाबीच प्रहरी नेतृत्वमा रस्साकस्सी छ । तर, सरकाले पोखरेल र थापा दुवैलाई नरुचाएकै कारण तीन एआईजीको दरवन्दी थप गरेको हो । पोखरेल र थापालाई पूर्ववर्ती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजी बनाएको थियो । उनीहरुले प्रहरी नेतृत्वमा पुगेपछि एमालेकै डिजाइनमा काम गर्ने बुझाई वर्तमान सरकारको ।

पोखरेललाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र थापालाई एमाले नेता महेश बस्नेतको दबाबमा एआईजी बनाइएको बुझाई सरकारको छ । एआईजीको प्रतिस्पर्धामा डीआईजीहरु क्रमशः धिरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, वसन्त लामा, दिवेश लोहनी, वसन्त पन्तलगायतका छन् । सरकारले प्रतिस्पर्धीमध्ये जो कोहीलाई एआईजी बनाए पनि भावी आईजीपी बनाउन भने त्यति सजिलो छैन । एआईजीमै रहेका पोखरेल र थापा डेढ वर्ष सिनियर भइसकेका छन् । तर, हाल एआईजी रहेका पोखरेल र थापा अब एआईजी बढुवा सिफारिसमा पर्ने डीआईजीहरु एउटै ब्याजीका हुन् ।सरकारले चाहेको खण्डमा प्रतिस्पर्धीमध्ये जो कोहीलाई पनि आईजीपी बनाउन सक्छ । विश्वस्त स्रोतका अनुसार सरकार, सदन र सर्वोच्च अदातलमा समेत आफ्नो पकड रहेका प्रधानमन्त्री देउवाले यसपटक पनि बरिष्ठतालाई मिच्दै आईजीपी बनाउने तयारी गरेका छन् ।

आगामी वैशाख ३० गते सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरिसकेको छ । यस्तो अवस्थामा सरकारको निर्देशनलाई अक्षरक्ष पालना गर्ने (एस म्यान) प्रहरी नेतृत्व आवश्यक रहेको बुझाई सरकारको । मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयमा पुग्ने वित्तिकै बढुवा समितिको बैठकले तीनजना एआईजीको बढुवा सिफारिस गर्नेछ । बढुवा सिफारिस गरेका एक सातासम्म कसैले उजुरबाजुर नगरे सिफारिसमा परेकाहरु स्वतः बढुवा हुनेछन् ।

प्रतिक्रिया