शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरिएको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आगामी शुक्रबार ६ गतेसम्मको लागि स्थगित गरिएको सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी दिए । आजको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७–०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सभामुख सापकोटाले संसदमा नारावाजी गर्ने एमाले सांसदहरूलाई अवरोध अन्त्य गर्न आग्रह गरे पनि अवरोधलाई जारी राखेका थिए । प्रतिनिधिसभाको बैठक पाँच मिनेट बसेर स्थगित भएको हो ।

प्रतिक्रिया