प्रतिनिधि सभा बैठकमा आज पनि एमालेले विरोध जारी राख्ने

काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

प्रतिक्रिया