भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसिसी प्रस्ताव

काठमाडौं । संघीय संसद सचिवालयले (भोलि) बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरेको छैन ।

सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटेको छ ।

बुधबारको बैठकमा एमसिसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ ।

प्रतिक्रिया