डिशहोममा राउटरसहित उच्च गतिको इन्टरनेट सुविधा

काठमाडाैं । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले द्रुत गतिको इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

नेपालमा नै पहिलो पटक अत्याधुनिक वाइफाइ प्रविधिको राउटर र मेस नोमार्फत ग्राहकले उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । सो राउटरबाट बजारमा पाइने अन्य भन्दा चार गुणा बढी गतिमा इन्टरनेटको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया