माघ मसान्तसम्म विद्यालय नखुल्ने

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसी व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म विद्यालयमा पठनपाठनमा लगाइएको रोकलाई निरन्तर राख्न सिफारिस गरेको छ ।

सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार केन्द्रले विद्यालय बन्दलाई थप १५ दिन लमब्याउन सिफारिस गरेको हो ।यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा अध्ययन अध्यायपन बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै बैठकले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।

त्यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द गर्न बैठकले सिफारिस गरेको छ ।त्यस्तै सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई पनि माघ मसान्तसम्म बन्द राख्न सिफारिस गरेको छ ।

प्रतिक्रिया