समयमै निर्वाचन गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरवहादुर देउवालाई संविधानले ब्यवस्था गरे अनुसार निर्धारित समयमै स्थानीय तहको निर्वाचन गराउन सुझाव दिएकी छन् । नियमित भेटका रुपमा आफुलाई भेटन आएका प्रधानमन्त्री देउवासँग भण्डारीले यस्तो सुझाव दिएकी हुन् ।

संविधान र निर्वाचन कानुन वाझिएको भन्दै सत्ता गठबन्धन दलले निर्वाचन कानुन संशोधन गरेर निर्वाचन मंसिरमा सार्ने तयारी गरिरहेको बेला राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग त्यस्तो आग्रह गरेकी हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले निर्वाचन सम्वन्धी पार्टीको निर्णय लिन शुक्रवार केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकअघि प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेटन शित्तल निवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले भने स्थानीय निकायको निर्वाचनको विषयमा दलहरुसँग परामर्श भइरहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए । निर्वाचन आयोगले पनि प्रधानमन्त्री लगायत मन्त्रीहरुलाई भेटेर वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गर्दै आएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवावीच करिब एक घण्टा सम्वाद भएको थियो ।

प्रतिक्रिया