‘भ्रष्टाचार, गरिबी, हत्या हिंसा बढेको देखेर जनसंख्या बढ्न डराएछ!’

काठमाडौं । कलाकार दीपकराज गिरीले जनसंख्याको विवरणबारे टिप्पणी गरेका छन् । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कलाकार गिरीले टिप्पणी गरेका हुन् । उनले भनेका छन, ‘१० वर्ष भयो ३ करोड जनसंख्या भनेको । आज पनि २ करोड ९१ लाख मात्रै पो रहेछ । देशमा भ्रष्टाचार, गरिबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गाँठे !’

बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको सार्वजनिक भएको हो ।

प्रतिक्रिया