राष्ट्रियसभा सदस्यमा गण्डकीबाट गठबन्धनकी कमला पन्त विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।

पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेदवार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए ।

पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छन् भने थनेतले ७४ मत पाइन् ।

दलित कोटामा पनि गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।

प्रतिक्रिया