बिआरआईको भर्चुअल गोष्ठी

काठमाडौं । ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी सम्पन्न भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको सो गोष्ठी काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो । गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो ।विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको बताईको छ ।

सो क्रममा विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका साथ आह्वान गरिएको थियो ।

प्रतिक्रिया