गायन रियालिटी शो ‘सिङ्गरः सोलफुल भ्वाइस’ हुने घोषणा

काठमाडौं । केही बर्ष यता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दो छ। यसैक्रममा ‘सिङ्गरः सोलफुल भ्वाइस’ नामक रियालिटी शो हुने घोषणा भएको छ । डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको यो शोलाई अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ । नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा भइरहेको अवस्थामा आफ्नै मौलिक शो शुरु गर्न लागिएको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिका सञ्चालक श्याम धितालको भनाइ छ ।

प्रतिस्पर्धामा सहभागीहरुले भाषाको दायरा तोडेर नेपालमा रहेका प्रमुख छ भाषामा गीत गाउन पाउनेछन् । नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले पनि शोमा भाग लिन सक्ने बताइएको छ । यस शोको प्रसारण ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै नयाँ वर्ष बैशाखबाट शुरु गरिने भएको छ। विजेतालाई नगद २५ लाखसहित कार दिने आयोजकले घोषणा गरेको छ ।

प्रतिक्रिया