सरकार विरुद्ध फिदिम बजारमा युवासंघको राके जुलुस

पाँचथर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले फिदिम बजारमा सरकारविरुद्ध राकेजुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ ६ः३० बजे लिम्बूवान गेटबाट गणतन्त्र चोकसम्म जुलुस निकालिएको हो । जुलुसपछि कोण सभा गरिएको युवा संघ जिल्ला अध्यक्ष कमल थपलियाले जनाए । थपलियाका अनुसार गणतन्त्र चोकमा पुगेपछि पुलिसले राको खोसेको थियो ।

युवाले स्थानीय सरकारको निर्वाचन मिति घोषणा गर, चर्को मुल्य वृद्धि फिर्ता गर, शान्ति सुरक्षा कायम गर, रेणु यादवलाइ बर्खास्त गर, असफल परमादेश सरकार मुर्दावाद, पेट्रोलियम पदार्थ को मुल्य वृद्धि फिर्ता गर, प्रशासनिक जनसेवा सर्वसुलभ गर , राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, विदेशी दलाल होसियार, नेकपा एमाले जिन्दावाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया