विज्ञानले असम्भवलाई पनि सम्भव बनाउन सक्दछ । नासाले सन् २०३० भित्र मंगलमा मानव पठाउने योजनामा काम गरिरहेको छ । अहिलेका विश्वका सर्वाधिक धनी व्यक्ति इयोन मस्क त झनै चाँडै मंगल ग्रहमा मानिस पठाउन लागिपरेका छन् । उनको कम्पनी स्पेस एक्सको योजना सफल भएमा मानिसले सन् २०२४ मै रातो ग्रहमा पाइला टेक्नेछ । मस्कको चाहना पनि मंगल ग्रहमै मर्नेछ ।
मंगल सौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो । यसको जमिनमा भएको आइरन अक्साइडको कारण पृथ्वीबाट यसको सतह रातो देखिन्छ, जसकारण यसलाई रातो ग्रहको नामले समेत चिनिन्छ । यसले सूर्यको परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ । यसको व्यास ६ हजार ७ सय ४४ वर्ग किमि छ । यसको सतहमा आइरन अक्साइड मिश्रित माटो पाइन्छ । मंगल ग्रहमा ज्वालामुखी पहाड, गल्छी, जमेको पानी, कार्बनडाइअक्साइड मिश्रित ड्राईआइस पाइन्छ । यसको दुईवटा उपग्रह फोबोस र डिमोस छन् । पृथ्वी र मंगल नजिकिँदा दुबैबीच पाँच करोड ६० लाख किलोमिटर दुरी रहन्छ र टाढा हुँदाको दुरी ४० करोड २३ लाख किलोमिटर हुन्छ । नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक दुई वर्षमा अर्थात् करिब २६ महिनामा एकपटक एकअर्काको नजिक आउने गर्छन् । अब अर्काेपटक यी दुई ग्रह सन् २०२२ को डिसेम्बरमा नजिक आउनेछन् । सौर्य मण्डलमा मंगल दोस्रो सानो ग्रह हो । पृथ्वीमा जस्तै मंगल ग्रहको उत्तर र दक्षिण ध्रुर्व बरफले ढाकिएको छ । त्यहाँ तापक्रम माइनस १ सय ४० डिग्रीसम्म पुग्ने गर्छ । मंगल ग्रहको उच्च तापक्रम २० डिग्री सेल्सियस हुन्छ ।
मंगलग्रह बिहान बिहान आकाशमा रातो सन्तुला रङको देखिन्छ । दर्शकहरूले रेकर्ड गरिएको समयको अन्त्यमा ताराहरूको पृष्ठभूमिमा मंगलको चाललाई हेर्छन् । तिनीहरूले मंगलमा बसोबास गर्नुअघि युद्धको रोमन ईश्वरलाई धेरै नामहरू दिए । त्यस नामले ग्रहको रातो रंगको कारणले गुजारा देखिन्छ । एक राम्रो दूरबीनको माध्यमबाट, पर्यवेक्षकहरूले मंगल ध्रुवीय बर्फ टोपहरू र सतहमा उज्यालो र गहिरो चिन्हहरू सक्षम गर्न सक्नेछन् । ग्रह खोजी गर्न, राम्रो डेस्कटप ग्रहण कार्यक्रम वा डिजिटल खगोल विज्ञान अनु प्रयोग, प्रयोग गर्नुहोस् ।
सन् १९६० को दशकमा मंगलको वैज्ञानिक अन्वेषण सुरु भएको हो । वैज्ञानिकहरू मंगल ग्रहमा पानी भएको प्रमाणको खोजीमा थिए । प्रत्येक मिसनले अतित र वर्तमानमा पानीको अस्तित्वकोे लागि थप प्रमाणहरू बसाल्छ र प्रत्येक समय निश्चित प्रमाण पाइन्छ, वैज्ञानिकहरूले त्यो जानकारी सार्वजनिकसँगै साझेदारी गर्छन् । पृथ्वीमा, पानीको निश्चित प्रमाण खोज्न सजिलो छ, वर्षा र बर्फको रूपमा, झिलहरू, तलाबहरू, नदीहरू र महासागरहरूमा । वैज्ञानिकहरूले अहिलेसम्म मंगलमा व्यक्तिलाई भ्रमण गराएका छैनन् । आजसम्म मंगल ग्रहमा पानीको प्रमाण भेटिएको छैन ।
मंगलको यात्रा
हालसम्म मंगलमा मानवरहित यान मात्र पठाउन सकिएको छ र त्यसमा समेत धेरै अभियान असफल भएका छन्, मानिस त्यहाँ पुग्ने कुरा त कता हो कता । विज्ञानले सम्भावनाको ढोका सधैँ खुला राख्छ । ६० वर्ष पहिलेसम्म टाढाबाट टेलिस्कोपले हेर्दा रातो तथा भू–उपग्रहको तस्बिरमा उजाड र अत्यन्त प्रतिकूल वातावरणको देखिने मंगलमा हालका दिनमा त्यसको सतहबाट खिचिएको तस्बिरको विश्लेषणबाट मंगलमा मानव यात्राको सम्भावना देखिन्छ । मंगलग्रह गन्तव्यको पहिलो चुनौती त त्यहाँ सम्मको यात्रा नै हो । रातो ग्रह पृथ्वीको नजिक आउँदाको समयमा यात्रा गर्दासमेत २ सय ६० दिन त्यहाँ पुग्न लाग्नेछ । त्यहाँ पुगेपछि त्यसको सतहमा अवतरण गर्नु अर्काे चुनौती हुनेछ ।
अन्तरिक्ष यात्रीलाई सजिलै अवतरण गराउन सुरक्षित प्रणाली हालसम्म विकसित गर्न सकिएको छैन । मंगल ग्रहमा मानिसलाई अनुकूल वायुमण्डल छैन । त्यहाँ मानिस बाँच्न सक्दैन । तसर्थ मंगलको यात्रा मानिसका लागि सजिलो छैन । तैपनि विज्ञानले असम्भवलाई पनि सम्भव बनाउन सक्दछ । नासाले सन् २०३० भित्र मंगलमा मानव पठाउने योजनामा काम गरिरहेको छ । अहिलेका विश्वका सर्वाधिक धनी व्यक्ति इयोन मस्क त झनै चाँडै मंगल ग्रहमा मानिस पठाउन लागिपरेका छन् । उनको कम्पनी स्पेस एक्सको योजना सफल भएमा मानिसले सन् २०२४ मै रातो ग्रहमा पाइला टेक्नेछ । मस्कको चाहना पनि मंगल ग्रहमै मर्नेछ ।
मंगलको कक्षमा आफ्नो भू–उपग्रहको स्थापना गर्नमा सफलता हासिल गरिसकेको संयुक्त अरब इमिरेट्सले आगामी सय वर्षभित्र मंगलमा मानव बस्ती बसाल्ने योजना बनाएको छ । चीन पनि यस दौडमा पछाडि छैन । उसले मंगलमा मानव बस्ती बसाउने कार्यलाई आफ्नो दीर्घकालीन लक्ष्यमा समावेश गरेको छ । मंंगलको जीवन कस्तो होला भन्ने जिज्ञासा राख्नेहरूको लागि चीनले गोवी मरुभूमिमा एउटा सिम्युलेटर नै बनाएको छ । निजी क्षेत्रका मस्कको योजनाअनुसार काम भयो भने सन् २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् ।
यसकारण मंगलको सतहसम्म पुग्न र बसोवास गर्न पहिलो चरणमा चुनौतीको पहिचान र समाधान खोज्न आवश्यक छ । तीव्र विकास हँुदै गएको विज्ञान प्रविधि र चिकित्सा विज्ञानको प्रगतिका आधारमा हामी भन्न सक्छौँ, ‘बनाइएका योजनामा केही ढिला होला तर मानिस अवश्य नै एकदिन मंगल ग्रहमा पुग्नेछ ।’ अनि मंगल ग्रहमा मानव बस्ती बसाल्न पनि सम्भव हुन सक्दछ जुन वैज्ञानिकहरूका लागि पनि कठिन र चुनौतीको विषय हो ।
प्रतिक्रिया