टाटा मोटर्सको बिजेता घोषण

काठमाडौ । टाटा मोटर्स्को अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स्ले संयुक्त रुपमा आयोजना गरेको ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्र को विजेता घोषणा गरिएको छ । योजना अनुरुप टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेज मार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी गराएको हो । देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एल जि डवल डोर फ्रिज ११ जनालाई, ८ के. जी. वासिङ मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्च फोर के टिभी ७ जनालाई प्रदान गरिएको छ । सबै विजेतालाई धन्यवाद ज्ञापन गर्दे सिप्रदी ट्रेडिङ प्रा.लि.का सिइओ राजन बाबू श्रेष्ठले योजनामा ग्राहकको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । आगामी दिनमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.ले विभिन्न सुविधा सहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता उनले ब्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया