एमाले काठमाडाैंका पदाधिकारीहरुको पदबहाली

काठमाडाैं । नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला , उपाध्यक्ष नवराज पराजुली , सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने र प्रदेस कमिटी सदस्य गणेशप्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौ जिल्ला अधिवेसनको निर्वाचन समितीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो ।

त्यस्तै पद बहाली पश्चात बसेको काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक बसेको थियो। जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन , मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड -१९ सम्बन्धि विशेष निर्देसन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ ।

नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीका पदाधिकारीहरुकी प्रथम बैठकका निर्णयहरु :

प्रतिक्रिया